कास्की ट्राफिकले भेट्यो पैसा, प्रमाणसहित लिन आउन अनुरोध
पाेखरा | असोज ३, २०७९
पोखरा : जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पृथ्वीराजमार्गमा भेटिएको नगद रकम प्रमाण सहित दावी गर्न अनुरोध गरेको छ ।
भदौ २८ गते पृथ्वीराजमार्गको विजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको भन्दै ट्राफिक कार्यालय कास्कीले प्रमाण सहित कार्यालयमा आउन आग्रह गरेको हो ।
कार्यालय प्रमुख प्रकाश दाहका अनुसार पृथ्वीराजमार्गको विजयपुर खण्डमा मोटरसाइकलमा सवार एक युवकले सडकमा झरेको नगद टिप्दै गरेको ट्राफिक प्रहरीले देखेपछि सोधपुछ गर्ने क्रममा सम्बन्धित व्यक्तिको नभएको खुलेको हो ।
भदौ २८ गते पोखरादेखि कोत्रे सडकमा भेटिएको रकम कसैले पनि हराएको भन्दै कुनै उजुरी नदिएकाले सोमबार ट्राफिक कार्यालय कास्कीले सुचना प्रकाशित गर्दै प्रमाणसहित आउन अनुरोध गरेको हो ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

